धनगढी: कैलालीमा सशस्त्र प्रहरीले १ लाख बढी मूल्य बराबरको बेवारिसे सामान बरामद गरेको छ। मंगलबार सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेक्वाटर कैलालीबाट खटिएको टोलीले गोदावरी नगरपालिका–१ अत्तरिया इलाकामा उक्त सामान बरामद गरेको हो।
भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याइ बेवारिसे अवस्थामा राखिएको १ लाख ५ हजार ७ ६० मूल्य बराबरको कपडा तथा किरानाका सामान बरामद गरेको हेडक्वाटरले जनाएको छ। बरामद सामान आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालय धनगढीमा बुझाइएको छ।
फेसबुक प्रतिक्रियाहरु