नागरिक रैबार/बाजुरा ५ मंसिर।प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि हिजो भएको मतदानमा प्रयोग भएका मतपेटिकाहरु मतगणना स्थलमा ल्याउने क्रम जारी रहेको छ ।
यातायातको सहज पहुँच भएका मतदान स्थलका मतपेटिकाहरु सदरमुकाम आइसकेका छन् । अहिलेसम्म बाजुराका ७० मध्ये ६५ वटा मतदान स्थलका मत पेटिकाहरु सदरमुकाम मार्तडीमा आईपुगेको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले बताएका छन् ।
उनका अनुसार खप्तड छेडेदह गाउँपालिका वडा नम्वर ३, हिमाली गाउँपालिकाको १,२,३ र त्रिवेणी नगरपालिकाको ९ नम्वर वडाको मतपेटिका आउन बाँकी रहेका वडाको मतपेटिकाहरु आज साँझ सम्म आईपुग्ने छन् ।
अहिलेसम्म स्वामिकार्तिक, जगन्नाथ, गौमुल गाउँपलिका, बडीमालिका र बुढीगंगा नगरपालिकाका सवै मतपेटिकाहरु सबै सदरमुकाम मार्तडीमा आईपुगेका छन् ।हिजो मतदानमा बुढीनन्दा नगरपालिका वडा नम्वर ५ मा काँग्रेस र एमालेवीच झडप भएपछि मतदान स्थगित गरिएको थियो ।
फेसबुक प्रतिक्रियाहरु