नागरिक रैबार
बाजुरा ८ बैशाख । बाजुराकाे सदरमुकाम मार्तडीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
स्थानीय तहको निर्वाचनका लागि बाजुराको सदरमुकाम मार्तडीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय आजबाट स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार आज बाजुराको सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेसंगै जिल्लाका सवै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भईसकेका छन् । निर्वाचनका लागि निर्वाचन अधिकृतहरु जिल्लाका ९ वटै पालिकामा यस अघि नै खटि सकेका छन् ।
स्थानीय तहको निर्वाचन आउन करिव ३ साता बाँकी रहँदा जिल्ला निर्वाचन कार्यालयले पनि आफ्नाे तयारी तिव्र पारेकाे छ । जिल्लामा आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लाभर ७० वटा मतदान केन्द्र र १ सय १२ निर्वाचन स्थल तोकिएका छन् । बाजुरामा ८२ हजार ६ सय ७० जना मतदाता रहेका छन् ।
फेसबुक प्रतिक्रियाहरु