होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अक्सिजन प्लान्टमा विष्फोट : ‘घटनास्थल निकै भयावह छ’
समाचार

अक्सिजन प्लान्टमा विष्फोट : ‘घटनास्थल निकै भयावह छ’

  • नागरिक रैबार
अक्सिजन प्लान्टमा विष्फोट : ‘घटनास्थल निकै भयावह छ’

काठमाडौं । ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । एकजना घाइतेको अवस्था गम्भीर छ ।

घटनास्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार घटनास्थल हेर्दा निकै शक्तिशालीका साथ विष्फोट भएको अनुमान गर्न सकिन्छ । ‘मानिसका शरीरका टुक्रा झण्डै तीन सय परसम्म पनि भेटिएको छ, उद्योगको छाना केही बाँकी छैन,’ उनले भने, ‘धेरै नै इनर्जीका साथ विष्फोट भएको देखिन्छ ।’ घाइतेहरुलाई प्रहरीले तत्कालै उद्धार गरेर अस्पतालमा पठाएको उनले बताए ।

उद्योग सन्चालकका अनुसार विष्फोट हुने बेलामा १० जना कार्यरत थिए । एक जनाको मृत्यु भइसकेको छ । पाँच जना घाइतेहरु अस्पतालमा छन् भने दुई जना उद्योग सन्चालकको सम्पर्कमा आएका छन् । अन्यको अवस्था थाहा हुन सकेको छैन ।

विज्ञापन

अक्सिजन भर्ने क्रममा एक्कासी विष्फोट भएको महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले  बताए । उनले घटनाको विस्तुत अनुसन्धान भइरहेको जानकारी दिए ।घटनास्थलमा प्रमुख जिल्ला अधिकारी उपाध्यायसहित नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको टोली पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै