काठमाडौं । दिवाकर भट्टराईको निर्देशनमा बन्न्न लागेको चलचित्र ‘हनी बनी’मा अभिनेत्री सारा सिर्पाली अनुबन्धित भएकी छन् । सारालाई चलचित्रमा अनुबन्ध गरेको निर्देशक भट्टराईले पुष्टि गरे ।
चलचित्रको कथाअनुसार उनी पूर्ण रुपमा फिट हुने भएपछि उनलाई चलचित्रमा भित्र्याइएको उनले बताए । सारालाई अभिनेत्री दीपिका प्रसाईंले नै कामका लागि अफर गरेकी थिइन् । दिवाकरले साराको भूमिकाको विषयमा भने, ‘मलाई यो चलचित्रमा अभिनय गर्ने नायिका चाहिएको हो । विदेशमा बस्ने नेपाली युवतीको भूमिकामा सारा देखिंदैछिन् ।’
यो चलचित्रमा अभिनेत्रीको रुपमा अनमोल केसी अनुबन्धित भइसकेका छन् । अनमोल र साराले पहिलोपटक चलचित्रमा काम गर्न लागेका हुन् । चलचित्र ‘हनी बनी’लाई प्रेमकथामा निर्माण गरिने निर्माणपक्षले बताएको छ ।
चलचित्र ‘हनी बनी’को छायांकन मार्चबाट सुरु हुनेछ । चलचित्रलाई युरोपका विभिन्न देशमा छायांकन गरिने निर्देशक भट्टराईले बताए । यो चलचित्रको प्रदर्शन मिति समेत तय भइसकेको छ । ‘हनी बनी’लाई असोज १४ गते रिलिज गर्ने निर्माणपक्षको योजना छ ।
फेसबुक प्रतिक्रियाहरु