होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ १३, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • धनगढीको बारबाट तीन किशोरीको उद्धार
समाचार

धनगढीको बारबाट तीन किशोरीको उद्धार

  • नागरिक रैबार
धनगढीको बारबाट तीन किशोरीको उद्धार

धनगढी : कैलालीको धनगढीस्थित एक रेष्टुरेन्टबाट तीन किशोरीको उद्धार गरिएको छ। धनगढी उपमहानगरपालिकास्थित रातोपुलमा रहेको टिनटिन रेष्टुरेन्ट एण्ड बारबाट तीन किशोरीको उद्धार गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार केही महिनादेखि बन्धक बनाएको गुनासोपछि उनीहरुको उद्धार गरिएको हो।

‘काम गराउने भनेर ल्याएको तर तलब पनि नदिएको, बाहिर निस्कन पनि नदिएको गुनासो आएको थियो,’ डिएसपी जोशीले भने, ‘सोही गुनासोको आधारमा तीन जनाको उद्धार गरिएको छ। रेष्टुरेन्ट सञ्चालकसहित तीन जनालाई पक्राउ पनि गरिएको छ।’

विज्ञापन

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक विश्व अधिकारीले उद्धार गरिएका किशोरी र पक्राउ परेका अन्य तीन जनासंग सोधपुछ भइरहेको बताए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार