होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, असार २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भीरबाट लडेर म्यादी प्रहरीको मृत्यु
समाचार

भीरबाट लडेर म्यादी प्रहरीको मृत्यु

  • नागरिक रैबार
भीरबाट लडेर म्यादी प्रहरीको मृत्यु

काठमाडौंः भीरबाट लडेर नुवाकोटमा एक जना म्यादी प्रहरीको ज्यान गएको छ। घरबाट फर्कने क्रममा बेलकोटगढी नगरपालिका १२ सतारेका म्यादी प्रहरीको भीरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

घर पुगेर कार्यक्षेत्र विदुर फर्कने क्रममा बाटोमा पर्ने घट्टेखोलाको भीरबाट लडेर २६ वर्षीय योगेन्द्र न्यौपानेको ज्यान गएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामप्रकाश शाहले जानकारी दिए। उनका अनुसार भीरबाट लडेका म्यादी प्रहरी न्यौपानेको शव एकसय मिटर तल फेला परेको थियो।

मृतक म्यादी प्रहरी न्यौपानेको शव नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा पोष्टमार्टम गरिएको छ। मृतक न्यौपानेको शव परिवारको जिम्मा लगाएर अन्तिम संस्कार गरिएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै