काठमाडौं । महारानी एलिजाबेथ द्वितीयलाई कोरोना संक्रमण भएको बकिङघम दरबारले जनाएको हो ।
आइतबार बकिङघम दरबारले एक विज्ञप्ति जारी गर्दै महारानी एलिजाबेथ द्वितीयलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको हो ।
महारानीलाई ‘सामान्य रुघाखोकी जस्ता लक्षण’ देखिएको र आउँदा हप्तादेखि आफ्नो जिम्मेवारीलाई निरन्तरता दिने विज्ञप्तिमा उल्लेख छ ।
‘उहाँले निरन्तर मेडिकल सेवा लिनु हुनेछ र आवश्यक सबै मापदण्ड पालना गर्नु हुनेछ’, दरबारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
गत हप्ता कोरोना पोजिटिभ देखिएका जेठा छोरा एवं आफ्ना उत्तराधिकारी राजकुमार चाल्सको सम्पर्कमा आएपछि ९५ वर्षीया महारानी कोभिडबाट संक्रमित भएको बीबीसीले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु