होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, असार २१, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्वामीकार्तिकमा समाजवादी पार्टीको गाउँ कमिटी गठन
समाचार

स्वामीकार्तिकमा समाजवादी पार्टीको गाउँ कमिटी गठन

  • नागरिक रैबार
स्वामीकार्तिकमा समाजवादी पार्टीको गाउँ कमिटी गठन

नागरिक रैबार
बाजुरा ७ फागुन। नेकपा एकीकृत समाजवादी पार्टी बाजुराले जिल्लाकाे स्वामिकार्तिक गाउँपालिकामा गाउँ कमिटी गठन गरेकाे छ ।
शनिवार समाजवादी पार्टीले स्वामिकार्तिक गाउँपालिकामा आयाेजना गरेकाे प्रमम भेलाबाट गाउँ कमिटीकाे अध्यक्षमा पशुपति राेकाया रहने गरि ९५ सदस्यीय कमिटी गठन गरिएको हाे ।
स्थानीय तहकाे निर्वाचन बैशाख ३० गते ताेकिएसंगै नेकपा एकीकृत समाजवादी पार्टी जिल्लाभर संगठन निर्माण र कार्यकर्तासंग भेटघाटमा व्यस्त छ ।
समाजबादी पार्टी स्वामिकार्तिक गाउँ कमिटीको आयाेजनामा गरिएकाे प्रथम भेलाकाे प्रमुख अतिथि केन्द्रीय सदस्य गगन रावल रहनु भएकाे थियाे । भेलामा जिल्ला सचिव पुरबहादुर रावत, स्वामीकार्तिक गाउँपालिकाका अध्यक्ष तथा समाजवादी का सचिवालय सदस्य चिरञ्जीवी शाही, युवा संघका केन्द्रीय अध्यक्ष नरेश शाही, युवा संघका बाजुरा अध्यक्ष दावा गुरूङ, जिल्ला कमिटी सदस्य किट्टाे लवार, काँशी नेपाली लगायत अतिथि रहेका थिए ।
कार्यक्रममा ५ सय बढी नेता कार्यकर्ताहरू सहभागी भएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार