होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा दलित महिला शसक्तिकरण संस्थाकाे स्थापनासंगै कार्यालय उद्घाटन
समाचार

बाजुरामा दलित महिला शसक्तिकरण संस्थाकाे स्थापनासंगै कार्यालय उद्घाटन

  • नागरिक रैबार
बाजुरामा दलित महिला शसक्तिकरण संस्थाकाे स्थापनासंगै कार्यालय उद्घाटन

नागरिक रैबार / बाजुरा,२ साउन। बाजुरामा दलित महिला शसक्तिकरण संस्थाको स्थापना गरिएकाे छ । बाजुराका ९ वटैपालिकामा सामाजिक क्षेत्रमा काम गर्ने गरि जिल्ला प्रशासन कार्यालय बाजुरामा दर्ता भएकाे साे संस्थाकाे कार्यालय मार्तडीबाट संचालन हुने गरि आज एक औपचारिक कार्यक्रमका बिच नेपाली काँग्रेस बाजुराका निवर्तमान पार्टी सभापति कविराज पण्डितले संस्थाको व्यानर बाचन गरेर उद्घाटन गरेका हुन् ।

संस्थाकाे कार्यालय उद्घाटन पछि शाखा अधिकृत नरेन्द्र विकले जिल्लाका सबै पालिकासंग सहकार्य /समन्वय गरेर संस्थाका कामलाई अगाडि बढाउने बताएका छन् । शैक्षिक कार्यक्रमलाई सहयोग पुर्याउने , गाँसवास बाहेकका अन्य सामाजिक कार्यहरु तथा विशेषज्ञद्धारा पिडित व्यक्तीहरु वा परिवारहरुलाई परार्मश दिने उदेस्यका साथ उक्त संस्थाको स्थापना गरिएकाे शाखा अधिकृत विकले बताए ।

करिब चार महिना देखी संचालनमा आएको दलित महिला शसक्तिकरण संस्था जिल्ला प्रशासन कार्यालय बाजुरामा दर्ता भई औपचारिक रुपमा उद्घाटन गरिएको हो । दलित महिला शसक्तिकरण संस्थाले जिल्लाका ९ वटै पालिका संग समन्वय गरि प्रत्येक गाँउटोलमा जनचेतना मुलक कार्यक्रमहरु गर्दै आएको अधिकृत नरेन्द्र विकको भनाई रहेको छ ।

विज्ञापन

उनले भने जिल्लाका ९ वटा पालिका मध्य ८ वटा पालिकामा प्रत्येक वडामा समुह गठन गरि जनचेतनामुलक कार्यक्रमहरु संचालन गरेको बताए । तर जिल्लाको एक पालिका गौमुल गाँउपालिकामा भने उक्त दलित महिला शसक्तिकरण संस्थालाई बन्देज गरेको शाखा अधिकृत विकले जानकारी दिए । विशेष गरी उक्त संस्थाले जगडीएर रहेको समाजलाई माथी उकास्र्न र दलित महिला तथा बालविबाह न्युनिकरणमा विषेश प्राथमिकता दिने संस्थाको ध्यय रहेको छ ।

संस्थाको उद्घाटन कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बाजुराका निवर्तमान पाटी सभापती कविराज पण्डितले संस्थाको उत्तर उत्तर प्रगतीको शुभकामना दिदै यस संस्थालाई माथि उकास्र्नका लागी आफ्नो भरपुर सहयोग रहेको बताउनु भयो । विशेष गरी उक्त संस्थाले जिल्लाको जगडिएर रहेको समाजलाई परिर्वतन ल्याउनमा ध्यान दिनुपर्ने बताउनु भयो ।

दलित महिलाहरुले संस्थामा मात्र समित हुनु भन्दा पनी प्रशासनिक तर्फ अन्मुख हुन आग्रह गर्नु भएको छ । त्यस्तै बडिमालिका नगरपालिका वडा नम्मर ९ का वडा अध्यक्ष सुर्यकिरण विकले पनी संस्थाको प्रगतीको शुभकामना दिनुभयो । दलित महिला शसक्तिकरण संस्थालाई जुनसुकै तवरमा पनी आफ्नो सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

समाजलाई परिवर्तन गर्न सो संस्थाले सवै पालिका तथा सरकारी तथा गैरसरकारी संस्था संग समन्वय गरी अगाडी बढ्नु पर्ने बताए । कुनै राजनितीक पुर्वागही तरिकारी काम गर्नु भन्दा पनी समाज परिवर्तन गर्नुपर्नेमा जोडदिनु भयो । संस्थाका अध्यक्ष धन बहादुर सार्कीको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अथिती पाटी सभापती कविराज पण्डित रहनु भएको थियो ।

No description available.

भने विशिष्ट अथिती बडिमालिका नगरपालिका वडा नम्मर ९ का वडा अध्यक्ष सुर्यकिरण विक रहनु भएको थियो । त्यस्तै कार्यक्रममा काँग्रेस गौमुल गाँउकार्यसमितीका सभापती राज बहादुर धामी, गौमुल गाँउपालिका वडा नम्मर २ का निवर्तमान वडा अध्यक्ष चक्र बोहोरा,दलित आगुवा डवल विक लगाएतको सहभाति रहेको थियो । कार्यक्रमको उदेस्य बारे प्रस्ट भने संस्थाका शाखा अधिकृत नरेन्द्र विकले राख्नु भएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार