नागरिक रैबार/बाजुरा २ साउन। कृषि ज्ञान केन्द्र बाजुराको २ दिने बार्षिक समिक्षा गोष्ठि सोमबारबाट मार्तडीमा सुरु भएको छ ।
कृषि ज्ञान केन्द्र बाजुराको आयोजनामा उक्त गोष्ठी मार्तडीमा संचालन गरिएको हो ।
गोष्ठीमा बाजुरामा कृषि ज्ञान केन्द्र र पालिकाका कृषि शाखाहरुले आर्थिक वर्ष २०७८/८९ मा गरेका क्रियाकलाप र २०७९/८० मा संचालन गर्ने कार्यक्रमको बारेमा समिक्षा गरिने भएको कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख हरी प्रसाद पनेरुले बताएका छन् ।
कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख हरीप्रसाद पनेरुको अध्यक्षतमा सूरु गरिएको उक्त गोष्ठीको प्रमुख अतिथि बडीमालिका नगरपालिकाकी उपप्रमुख नन्दा कुमारी थापा रहेकी थिईन् । कार्यक्रमको संचालन कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत मीन प्रसाद जैशिले गर्नु भएको थियो ।
२ दिन सम्म संचालन हुने सो गोष्ठीमा जिल्लाका ९ वटै स्थानीय तहका कृषि शाखामा कार्यरत कृषि प्राविधिकहरु सहभागि भएका छन् । गोष्ठी बडीमालिका नगरपालिकाको सभाहलमा संचालन गरिएको छ ।
फेसबुक प्रतिक्रियाहरु