होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, पुस ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बौद्ध पुरातात्विक पुनःनिर्माण अभियानमा राष्ट्रिय जनमोर्चा
समाचार

बौद्ध पुरातात्विक पुनःनिर्माण अभियानमा राष्ट्रिय जनमोर्चा

  • नागरिक रैबार
बौद्ध पुरातात्विक पुनःनिर्माण अभियानमा राष्ट्रिय जनमोर्चा

राष्ट्रिय जनमोर्चाले बौद्ध पुरातात्त्विक महत्वका स्थानहरु मिलाएर पुरातात्विक शहरको निर्माणका लागि अभियान चलाउने भएको छ । जनमोर्चाले कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासी जिल्लाहरुका प्राचीन र बौद्ध महत्वका ऐतिहासिक र पुरातात्त्विक स्थानहरुको उत्खनन् एवं सम्वर्द्धन गरेर बृहत्तर बौद्ध पुरातात्त्विक शहरको निर्माणको लागि अभियान चलाउने भएको हो ।

अभियान अन्र्तगत सो पार्टीले सन्दर्भ सामाग्रीहरु समावेश गरेर पुस्तिका प्रकाशित गरेको छ ।

पुस्तिकामा अध्यक्ष चित्रबहादुर केसीको मन्तव्य, २०७८ साउन २२ गते राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले प्रतिनिधि सभामा दिएको वक्तव्य, पश्चिम नेपाल (लुम्बिनी प्रदेश)को प्राचीन बौद्ध सभ्यता र संस्कृतिबारे प्रा.डा. गितु गिरीको खोजलगायत समावेश छन् ।

विज्ञापन

पुरातत्वविद् वा शोधकर्ताहरुले कैयौँ प्राचीन सभ्यताबारे पत्ता लगाएका अवशेषलाई मिलाएर पुरातात्विक शहरको निर्माण गर्ने हो भने त्यो नेपालको प्राचीन इतिहास, संस्कृति र सभ्यताको एउटा महत्वपूर्ण केन्द्र बन्नुका साथै त्यो अन्तराष्ट्रिय महत्वको पुरातात्त्विक शहर पनि बन्ने जनमोर्चाको ठहर छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार