होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • छात्रालाई अश्लील भिडियो देखाएको आरोपमा शिक्षक पक्राउ
समाचार

छात्रालाई अश्लील भिडियो देखाएको आरोपमा शिक्षक पक्राउ

  • नागरिक रैबार
छात्रालाई अश्लील भिडियो देखाएको आरोपमा शिक्षक पक्राउ

पूर्वी नवलपरासी — छात्रालाई अश्लील भिडियो देखाएको आरोपमा पूर्वी नवलपरासीको गैंडाकोटस्थित जनक उच्च माविका शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । अभिभावकको उजुरीपछि प्रहरीले आइतबार ती शिक्षकलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको हो ।

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार घटनाका बारेमा छात्राले शिक्षकविरुद्ध इलाका प्रहरी कार्यालय गैंडाकोटमा आइतबार लिखित जाहेरी दिएकी हुन् ।

५ दिनअघि विद्यालयका एक शिक्षकले छात्रालाई अश्लील भिडियो देखाएर हिंसा गरेको भन्दै विद्यार्थी आन्दोलनमा उत्रिएका थिए । उनीहरूले आइतबार कलेज परिसरमा रहेका २ वटा मोटरसाइकलमा समेत आगजनी गरेका थिए । स्थिति तनावग्रस्त भएपछि प्रहरीले २ दर्जन राउन्ड अश्रुग्यास प्रहार गरेको थियो ।

विज्ञापन

प्रधानाध्यापक चुडामणि कँडेलले घटना छानबिन गरी दोषी प्रमाणित भए कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । ‘अनुसन्धानमा सघाउन तयार छौँ र दोषी भेटिए कारबाही गर्न प्रशासनलाई भनेका छौं,’ कँडेलले भने ।

विद्यार्थी आन्दोलनका कारण जनक उच्च माविको पढाइ ठप्प छ । ‘आजबाट क्लास सुरु गर्ने तयारी गरेका छौँ,’ कँडेलले भने, ‘एसईईलाई मध्यनजर गर्दै पढाइ सुरु गर्ने तयारीमा छौँ ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि