काठमाडौं, ४ चैत्र । अब शिक्षक सेवा आयोग अध्यापन अनुमति पत्रको परीक्षामा वस्तुगत प्रश्नमात्र सोधिने भएको छ । यो पाठ्यक्रम चैत्र २ गतेबाट लागु हुने आयोगले जनाएको छ ।
आयोगको अनुसार परीक्षाको लागि समय १ घण्टाको हुनेछ । प्रथम तहको वस्तुगत प्रश्नहरु ४० प्रतिशत, द्धितिय तहका लागि ३० प्रतिशत र तृतीय तहका लागि ३० प्रतिशत हुने जनाइएको छ ।
यसअघि आगोगको परीक्षा लिखित रुपमा हुँदै आएको थियो । अब परीक्षार्थीहरुले बहुवैकल्पिक प्रश्नको सही उत्तर दिएमा उत्तर बापत दुई अंक प्राप्त गर्ने छन् ।
फेसबुक प्रतिक्रियाहरु