होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • सेतीसहित सुदूरपश्चिमका अस्पताल समितिमा नयाँ अध्यक्ष, कहाँ को ?
Breaking News

सेतीसहित सुदूरपश्चिमका अस्पताल समितिमा नयाँ अध्यक्ष, कहाँ को ?

  • नागरिक रैबार
[sharethis-inline-buttons]
सेतीसहित सुदूरपश्चिमका अस्पताल समितिमा नयाँ अध्यक्ष, कहाँ को ?

धनगढी : सेती अस्पतालसहित सुदूरपश्चिमका अन्य अस्पतालमा व्यवस्थापन समितिमा नियुक्ति दिएको छ। बिहीबार बसेको प्रदेशको मन्त्रिपरिषद बैठकले सेती प्रादेशिक अस्पतालसहित सुदूरपश्चिमका अन्य अस्पतालमा व्यवस्थापन समितिमा नियुक्ति दिएको हो।

डोटी अस्पताल बाहेकका अन्य अस्पतालमा व्यवस्थापन समिति नियूक्त गरेको सुदूरपश्चिम सरकारकी प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले बताइन्। प्रदेश सरकार मातहात रहेको पुरानो अस्पताल व्यवस्थापन समितिको म्याद सकिएपछि सामाजिक विकास मन्त्रालयको प्रस्तावमा नयाँ समिति नियुक्त गर्ने निर्णय भएको उनले बताइन्।

सेती प्रादेशिक अस्पतालको अध्यक्षमा नरबहादुर शाह (निर्मल) र महाकाली प्रादेशिक अस्पतालमा कृष्णानन्द भट्ट नियुक्त भएका छन्। टीकापुर अस्पतालमा झपटबहादुर सोडारी नियुक्त भएका छन्। यस्तै, अछाम जिल्ला अस्पतालमा शिव बोगटी, बाजुरामा मानबहादुर कार्की, बझाङमा सुनबहादुर सिंह, दार्चुलामा दीपक जोशी र बैतडी जिल्ला अस्पतालमा पार्वती भट्ट नियूक्त गरिएको मन्त्री जोशीले बताइन्।

विज्ञापन

डोटी जिल्ला अस्पतालको सबै प्रक्रिया पुगिसकेको र कागजपत्र प्राविधिक कारण आउन नसकेका कारण नियुक्त गर्न ढिलाइ भएको कानुन मन्त्री पूर्णा जोशीले बताइन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै