होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, मंसिर १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विद्युत नियमित नभएको भन्दै बाजुराबासी आन्दोलित (भिडियोसहित)
समाचार

विद्युत नियमित नभएको भन्दै बाजुराबासी आन्दोलित (भिडियोसहित)

  • नागरिक रैबार
विद्युत नियमित नभएको भन्दै बाजुराबासी आन्दोलित (भिडियोसहित)

नागरिक रैबार/बाजुरा ४ माघ। जिल्लाको सदरमुकाम मार्तडीमा विद्युत आपुर्तिको माग गर्दै बाजुराबासी आन्दोलनमा उत्रिएका छन् । सरकारले देशभर लोडसेडिङ अन्त्य गरेको भएपनि बाजुराबासीले दैनिक ५ देखि १० घण्टासम्म लोडसेडिङको मार खेप्नु परेको भन्दै बाजुराबासी आन्दोलित भएका हुन् ।

मंगलबार जिल्लाको सदरकुाम मार्तडीमा नागरिकहरुले सयुक्त आन्दोलन गरेको हो । आन्दोलनका क्रममा नेपाल विद्युत प्राधिकरणको बाजुरा वितरण केन्द्र र त्रिवेणी साना जलविद्युत केन्द्रमा तालावन्दी गरेको नागरिक सयुक्त आन्दोलनका अगुवा तथा मार्तडी बजार व्यवस्थापन समितिका कोषाध्यक्ष सुरेन्द्र नाथले बताएका छन् ।

देश उज्याले अभियान तर्फ अगाडि बढेको भएपनि बाजुराबासीले दैनिक लोडसेडिङको मार खेप्न बाध्य भएको भन्दै बाजुराबासीले पटकपटक सम्वन्धित निकायलाई ध्यानाकर्षण गराउँदा पनि वेवास्ता गरेको भन्दै मंगलबारबाट नागरिक समाजले विद्युत आपुर्तिको माग गर्दै आन्दोलन सुरु गरेको हो ।

विज्ञापन

राष्ट्रिय प्रसारणको लाईन विस्तार भएर पावर हाउस नजिकै आईसकेको छ । नेपाल विद्युत प्राधिकरणले त्रिवेणी साना जलविद्युत केन्द्रसंग २० वर्षसम्मका लागि लिजमा दिएको छ । त्रिवेणीले २ सय किलोवाट क्षमताको विद्युतले सदरमुकाम मार्तडीमा विद्युत आपुर्ति गर्न समस्या भएको भन्दै दैनिक लोडसेडिङ गर्दै आएको छ ।

यता नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रका प्रमुख ललित कुमार मण्डल भन्छन् राष्ट्रिय प्रशारण लाईन मार्तडीमा विस्तार र जडान गर्नका लागि पहिले त्रिवेणी र नेपाल विद्युत प्राधिकरणले लिज सम्झौता भंग गरेपछिमात्रै  राष्ट्रिय प्रशारण लाईन सूचारु गर्न सकिने बताएका छन् ।

२०४६ सालमा स्थापना भएको बाजुरा साना जलविद्युत केन्द्र २०६६ सालबाट त्रिवेणी बचत तथा रिण सहकारीले २० वर्षका लागि नेपाल विद्युत प्राधिकरणसंग लिजमा सम्झौता गरेर संचालन गर्दै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार