होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • रोजगार कार्यक्रम : श्रमिकको ज्याला दैनिक ६० रुपैयाँ बढ्यो, बिमा अनिवार्य
समाचार

रोजगार कार्यक्रम : श्रमिकको ज्याला दैनिक ६० रुपैयाँ बढ्यो, बिमा अनिवार्य

  • नागरिक रैबार
रोजगार कार्यक्रम : श्रमिकको ज्याला दैनिक ६० रुपैयाँ बढ्यो, बिमा अनिवार्य

काठमाडौं । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका-२०७५ संशोधन गरेको छ । कार्यक्रम अन्तरगत सञ्चालित आयोजनामा काम गर्नेहरूको ज्यालालाई समायानुकुल बनाउन र श्रमिकको बिमा अनिवार्य गर्ने गरी निर्देशिका संशोधन भएको हो ।

यसअघि मासिक १३ हजार रुपैयाँ न्युनतम् ज्यालाका आधारमा ज्यालादर तय भएकोमा अहिले गत साउनबाट न्युनतम् १५ हजार पुगेअनुसार थोरै ज्याला रकम बढेको हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका उपसचिव लोकनाथ भुसालका अनुसार स्थानीय रोजगार केन्द्रमा सूचीकृत बेरोजगारलाई रोजगार कार्यक्रम अन्तरगतको आयोजनामा काम लगाउँदा न्युनतम् ५७७ रुपैयाँ वा सम्बन्धित स्थानीय तहले निर्धारण गरेको ज्यालादरको ८० प्रतिशत नबढ्ने गरी हुने रकममध्ये जुन बढी हुन्छ, सोही रकम श्रमिकलाई उपलब्ध गराउनुपर्ने छ । यसअघि यस्तो ज्यालादर ५१७ रुपैयाँ थियो । यसअनुसार अब श्रमिकले दैनिक ६० रुपैयाँ बढी ज्याला पाउनेछन् ।

विज्ञापन

त्यसरी काम गर्दा गर्दै कार्यस्थलमा हुने दुर्घटनाबापतको बिमा भने सरकारल आफैंले गर्ने भएको छ । कार्यक्रम अन्तरगत काम गर्ने श्रमिक र उसको परिवारलाई कार्यस्थलमा हुने दुर्घटनाको जोखिम र क्षतिलाई न्युन गर्न बिमा अनिवार्य गरिएको कार्यक्रमले बताएको छ ।

अहिलेसम्म कार्यक्रममा सात लाख ८ हजार ४२ श्रमिक सूचीकृत भएका छन् । त्यसमध्ये तीन लाख ७१ हजार पुरुष छन् भने ३ लाख ३७ हजार महिला छन् । यो वर्ष २ लाख श्रमिकलाई न्युनतम् १०० दिनको रोजगारी दिने कार्यक्रमको लक्ष्य छ । अहिलेसम्म ६७१८ जना मात्रैले कार्यक्रम अन्तरगत काम पाएका छन् ।

देशभर पाँच अर्ब ३७ करोड खर्च गर्ने गरी ११ हजार ६०९ वटा आयोजना कार्यक्रम अन्तरगत सञ्चालनको तयारीमा छन् । यो वर्ष १२ अर्ब तीन करोड रुपैयाँ संघ सरकारले कार्यक्रमका लागि स्थानीय तहमा पठाउँदैछ ।

तर, अहिलेसम्म ३३ करोड रुपैयाँ मात्रै खर्च भएको छ । यो कार्यक्रमको अधिकांश बजेट असार महिनामै मुख्य गरी सडक आयोजनाहरूमा खर्च हुने गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

हट्दै टिकटकमाथिको प्रतिबन्ध, सञ्चारमन्त्रीले मन्त्रिपरिषद्‍मा प्रस्ताव लैजाँदै
सामाजिक सञ्जाल
हट्दै टिकटकमाथिको प्रतिबन्ध, सञ्चारमन्त्रीले मन्त्रिपरिषद्‍मा प्रस्ताव लैजाँदै

काठमाडौं- सरकारले चिनियाँ मल्टिमिडिया सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध १० महिनापछि हटाउन लागेको छ । बिहीबार सिंहदरबारमा बस्ने मन्त्रिपरिषद बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमाथिको प्रतिबन्ध हटाउनेबारेको प्रस्ताव पेश गर्ने तयारी गरेका छन् । उनले टिकटकले सिंगापुरबाट पठाएको आठौं पटकको पत्रपछि टिकटमाथिको प्रतिबन्ध हटाउने निर्णय बुधबार लिइसकेका छन् । टिकटकमाथिको प्रतिबन्ध हटाउने मन्त्रिस्तरीय निर्णयपछि […]

  • २ हप्ता अगाडि