होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • ‘प्रेम गीत ३’ को प्रमोशन थालियो
मनोरञ्जन

‘प्रेम गीत ३’ को प्रमोशन थालियो

  • नागरिक रैबार
‘प्रेम गीत ३’ को प्रमोशन थालियो

फिल्म ‘प्रेम गीत ३’ को आधिकारिक रुपमा प्रमोशनको सुरु गरेको छ । निर्देशक तथा निर्माता सन्तोष सेनले पुरै टिम फिल्मको प्रचार प्रसारमा होमिएको बताए । ७ असोजमा प्रदर्शन हुने फिल्मको शनिबार गोगंबुस्थित लोत्से मलमा फिल्मका मुख्य कलाकारसहितको भव्य ब्यानर राखेर प्रचार सुरु गरेको हो । अब काठमाडौँ सहित नेपालभरका मुख्य शहरमा प्रचार प्रसार हुने निर्माता सेनले बताए । ‘त्यसपछी मात्रै दर्शक भेटघाट, मिडिया प्रमोशन, सोसल साइट प्रमोशन लगायत हुनेछ’ निर्माता सेनले थपे ।

नेपालसँगै भारतमा पनि प्रदर्शन तयारीमा रहेको फिल्मको रिलिज कोरोना महामारीका कारण पटकपटक गर्दै आएको छ ।
अभिनेता प्रदीप खड्का र अभिनेत्री कृष्टिना गुरुङ मुख्य भूमिकामा रहेको फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, अनुभव रेग्मी, क्रिजन गौतम लगायतका कलाकारको अभिनय छ । यसअघि फिल्मका अन्य दुई श्रृङ्खला ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ बक्स अफिसमा सफल भएको कारण तेस्रो सिक्वेल निर्माण भएको हो ।

स्व. छेतेन गुरुङ र निर्माता सन्तोष सेनले मिलेर निर्देशन गरेको फिल्मको कथा छेतेन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार