नागरिक रैबार/बाजुरा ३ जेठ।बडीमालिका नगरपालिकाको मेयरमा एमालेका अम्मरबहादुर खड्का र उपमेयरमा नन्दा कुमारी थापा विजयी भएका छन् । खड्काले ४ हजार १९ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका धनराज पण्डितले ३ हजार ५ सय ५२ मत ल्याएका छन् । त्यस्तै उपमेयरमा एमालेकी नन्दा कुमारी थापाले ४ हजार २ सय ३३ मत ल्याएकि छन् ।
उनकी निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसकी राधिका कुमारी सिहँले ३ हजार ३ सय ५१मत ल्याएर उपमेयरमा पराजित भएकि छन् । बडीमालिका ९ काे वडा अध्यक्षमा एमालेका सुर्यकिरण विकले ७ सय २८ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका छन् । त्यस्तै उनका प्रतिद्वन्द्वी एकीकत समाजवादीका दिर्घराज पाध्यायले ३ सय ९६ मत ल्याएर
बडीमालिका नगरपालिकाको वडा नम्बर २,३, ५, ६, ७, ८ र ९ मा एमालेले जितेको छ भने वडा नम्बर १ र ४ मा जितेर बहुमत वडासहित मेयर उपमेयरमा काँग्रेस पराजित बनेको छ । यस अघि ०७४ को स्थानीय तहको निर्वाचनमा यो नगरपालिकामा नेपाली काँग्रेसले मेयर उपमेयर सहित १,५,६ र ८ जितेर कार्यपालिकामा बहुमत सदस्य पदमा विजयी हुन् सफल भएको थियो ।
०७४ मा एमालेले नगरको मेयरउपमेयर सहित ४ वटा वडामा पराजित भोग्नु परेको थियो । अहिले एमालेले विगतको भन्दा थप २ वटा वडा सहित ७ वटा वडा र मेयरउपमेयर गरि बहुमत कार्यपालिका सदस्यमा विजयी हाँसिल गरेको छ ।
फेसबुक प्रतिक्रियाहरु