होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन २३, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ज्येष्ठ नागरिकलाई सहायता
समाचार

ज्येष्ठ नागरिकलाई सहायता

  • नागरिक रैबार
ज्येष्ठ नागरिकलाई सहायता

बागलुङ–ज्येष्ठ नागरिकको जीवनयापनलाई सहज बनाउन ताराखोला गाउँपालिकाले ८५ वर्ष नाघेका सबैलाई फाइबर सिरक र टर्च लाइट प्रदान गरेको छ ।

पाँचवटै वडामा गरी ८३ ज्येष्ठ नागरिकलाई ती सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ । ज्येष्ठ नागरिकको सम्मानार्थ गाउँपालिकाले चालु आवमा रु दुई लाख ५० हजार बजेट छुट्टयाएको थियो । सोही बजेटबाट ८५ वर्षमाथिका सबै नागरिलाई सम्मान र सहायता सामग्री प्रदान गरिएको गाउँपालिकाका प्रशासन सहायक जीत सुनारले बताए ।

‘यो गाउँपालिकाको नियमित कार्यक्रम नै हो, गत वर्ष कोभिडका कारण सामग्री वितरण गर्न सकिएको थिएन, अहिले वडा तहमै गएर प्रदान गर्‍यौँ’, उनले भने । गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी पुनले ज्येष्ठ नागरिकको सम्मानस्वरुप उपयोगी सामग्री प्रदान गरिएको बताए ।

विज्ञापन

बजेटले भ्याएमा ८५ वर्षभन्दा कम उमेरका भए पनि द्वन्द्व प्रभावित र अतिविपन्न परिवारका ज्येष्ठ नागरिकलाई पनि फाइबर सिरक र टर्च लाइट प्रदान गरिने उनको भनाइ छ । उपाध्यक्ष पुनले ज्येष्ठ नागरिक सम्मानलाई बर्सेनि निरन्तरता दिइने उल्लेख गरे । ‘उमेर बढ्दै जाँदा ज्येष्ठ नागरिकलाई आइपर्ने समस्यामा गाउँपालिका सहयोगी बनेको हो, ज्येष्ठ नागरिकमैत्री नीति, कार्यक्रम ल्याउन हाम्रो सधैँ पहल रहन्छ’, उनले भने । यहाँका अन्य स्थानीय तहले पनि ज्येष्ठ नागरिलाई लक्ष्य गरी यस किसिमका सहायता कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ३ हप्ता अगाडि