होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ३ वर्षपछि प्रतिनिधि सभाले पायो उपसभामुख
समाचार

३ वर्षपछि प्रतिनिधि सभाले पायो उपसभामुख

भट्टराईलाई हराउँदै काँग्रेस सांसद भुसाल विजयी

  • नागरिक रैबार
३ वर्षपछि प्रतिनिधि सभाले पायो उपसभामुख

झन्डै ३ वर्षपछि प्रतिनिधि सभाले उपसभामुख पाएको छ । नेपाली काँग्रेसकी सांसद पुष्पा भुषाल गौतम प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित भएकी छिन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा भएको निर्वाचनमा एमालेबाट उपसभामुखको उम्मेदवार रहेकी विद्या भट्टराईलाई पराजित गर्दै भुसाल निर्वाचित भएकी हुन् । १ सय ४८ मत पाएर भुसाल बहुमतले विजयी भएकी हुन् । ९३ सांसदले मत दिन्न र १ जना तटस्थ रहेका थिए ।

भुसालको उम्मेदवारीको प्रस्तावक माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ रहेका थिए भने समर्थकमा एकीकृत समाजवादीकी सांसद लक्ष्मी चौधरी रहेकी थिइन् । भुसाल सत्ता गठबन्धन दलबाट उम्मेदवार बनेकी हुन भने भट्टराई विपक्षी दलबाट उम्मेदवार बनेकी हुन् ।

सभामुख अग्नि प्रसाद सापकोटाले मत विभाजनद्वारा निर्वाचन प्रक्रिया सम्पन्न गराएका हुन् । उम्मेदवारको पक्षमा रहनेलाई सभामुखको आसनको दायाँ तर्फको लबीमा गएर, विपक्षमा रहनेलाई सभामुखको आसनको देब्रेतर्फको लबीमा गएर र तटस्थ रहनेलाई सभामुखको आसनको पछाडिको लवीबीमा गई हस्ताक्षर गरेर मत जाहेर गर्न समय दिएका थिए ।

विज्ञापन

तत्कालीन नेकपाको सरकार बनेपछि सभामुख र उपसभामुख एउटै दलको हुन नपाउने व्यवस्था भएपछि अग्नि सापकोटालाई सभामुख हुन बाटो खोल्दै २०७६ माघ ६ गते डा.शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएकी थिइन् । त्यसयता खाली भएकोमा झन्डै ३ वर्षपछि प्रतिनिधि सभाले उपसभामुख पाएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार