होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दिल्लीमा दाहाललाई चौथाइवालेको स्वागत
समाचार

दिल्लीमा दाहाललाई चौथाइवालेको स्वागत

  • नागरिक रैबार
दिल्लीमा दाहाललाई चौथाइवालेको स्वागत

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भारतको तीनदिने औपचारिक भ्रमणका क्रममा शुक्रबार दिउँसो नयाँदिल्ली पुगेका छन् । शुक्रबार दिउँसो उनी नेपाल एयरलाइन्सको विमानमार्फत स्वकीय सचिवहरू छोरी गंगा दाहाल र रमेश मल्लसहित उनी नयाँदिल्ली ओर्लिएका हुन् ।

स्वकीय सचिव मल्लका अनुसार दाहाललाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय जनता पार्टी(भाजपा) विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका थिए । त्यस्तै दाहालको स्वागतमा भारतका लागि नेपाली राजदूत शंकर शर्मा, नेपाली राजदूतावासका अधिकारी तथा भारत सरकारका उच्च अधिकारीहरू र नेपाली समुदायका प्रतिनिधिको पनि उपस्थिति थियो ।

अध्यक्ष दाहाल भाजपा अध्यक्ष जेपी नड्डाको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा गएका हुन् । भ्रमणका क्रममा दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, विदेश सचिव विनयमोहन क्वात्रा, भारतीय सुरक्षा सल्लाहकार अजित डोभल र भाजपा अध्यक्ष जेपी नड्डासहितका नेतासँग भेटघाट गर्नेछन् ।

विज्ञापन

भाजपानिकट थिंक ट्यांक इन्डिया फाउन्डेसनले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ । आइतबार बिहान प्रधानमन्त्री मोदी र त्यसलगत्तै भाजपा अध्यक्ष जेपी नड्डालाई भेट्ने तयारी छ । दाहाल साउन १ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार