काठमाडौं : प्रतिनिधि सभाबाट नेपाल नागरिकता (पहिलो संशोधन विधेयक) २०७९ पारित भएको हो।सो विधेयक बुधबार गृहमन्त्री बालकृष्ण खाडले सदनमा प्रस्तुत गरेका थिए।
सो विधेयकमाथि बिहीबार र शुक्रबार दफावार छलफल भएको थियो। आज दफावार छलफल सकिएपछि सभामुख अग्निप्रसाद सापकोटाले पारित भएको घोषणा गरेका हुन्। पहिले नै संसदमा टेबुल भएको नागरिकता विधेयक मन्त्रिपरिषद बैठकले फिर्ता लिएर पुन: संसदमा टेबुल भएको थियो।
फेसबुक प्रतिक्रियाहरु