होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • निजामती कर्मचारी संगठनको अध्यक्षमा लेखनाथ निर्वाचित
समाचार

निजामती कर्मचारी संगठनको अध्यक्षमा लेखनाथ निर्वाचित

  • नागरिक रैबार
निजामती कर्मचारी संगठनको अध्यक्षमा लेखनाथ निर्वाचित

नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा लेखनाथ कोइराला निर्वाचित भएका छन्।काठमाडौंमा भएको ११ औं अधिवेशनबाट कोइराला अध्यक्ष भएका हुन्।नेकपा एमालेनिकट कर्मचारीहरूको संस्था, नेपाल निजामती कर्मचारी संगठनमा कोइराला यसअघि वरिष्ठ उपाध्यक्ष थिए।

सर्वसम्मत रूपमा संगठनको अध्यक्षमा कोइरालालाई चयन गरिएको हो।उपाध्यक्षमा भवानी दाहाल, रेवन्त गौतम र प्रभास साह चयन भएका छन्।साथै महासचिवमा जीवन काफ्ले चयन भए भने उपमहासचिवमा रामचन्द्र अधिकारी, युवाचन्द्र घिमिरे, कृष्णबहादुर केसी र विजया सुवेदी चयन भएका छन्।

सचिवहरुमा देवेन्द्र ढकाल, वामदेव ओली, तेजप्रकाश भण्डारी, सूर्यबहादुर कुँवर, पुरुषोत्तम रायमाझी र विष्णुकुमारी अधिकारी चयन हुँदा कोषाध्यक्षमा गणेशप्रसाद आचार्यलाई चयन गरिएको संगठनले जनाएको छ।यो अधिवेशनमा एक हजार हाराहारीमा प्रतिनिधि सहभागी थिए। अधिवेशन गत फागुन २८ मा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार