होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, असार १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भीम रावलले किन मागे प्रेमबहादुर आलेको राजीनामा ?
समाचार

भीम रावलले किन मागे प्रेमबहादुर आलेको राजीनामा ?

  • नागरिक रैबार
भीम रावलले किन मागे प्रेमबहादुर आलेको राजीनामा ?

धनगढीः एमालेका नेता भीम रावलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको राजीनामा मागेका छन्। रावलले आलेले एक युवकलाइ अपहरण गर्ने धम्की दिएर विवादमा मुछिएपछि राजीनामा मागेका हुन्।

अहिले मन्त्री आलेले आफूलाई सामाजिक संजालमा कमेन्ट गरेको भन्दै अश्लिल गाली दिँदै ज्यान मार्ने धम्की दिएको अडियो भाइरल बनेको छ। उक्त अडियोमा भारतमा रहेका अछामका युवालाई बसेकै ठाउँबाट उठाईदिने धम्की समेत दिएको सुन्न सकिन्छ। युवाले पनि मन्त्री आलेको गालीको जबाफ फर्काएका छन्। उक्त संवाद अहिले सामाजिक सञ्जालमा भाइरल भएपछि राजीनामाको माग उठेको हो। उनको यो अभिव्यक्तिपछि चोतर्फी आलोचना भएको छ।

यस्तै्र भीम रावलले मन्त्री आलेको प्रसङ्गलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवा र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाललाई ध्यानाकर्षण समेत गरेका छन्।सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘पदीय मर्यादा, सामाजिक शिष्टता, नैतिकता र कानूनको समेत खिल्ली उडाउने मन्त्रीलाई प्रम देउवा र नेकपा (एस) का अध्यक्ष माधव नेपालले पदमा राखिरहनु हुन्छ भने उहाँहरूमाथि पनि जनताले गम्भीर प्रश्न उठाउनु पर्ने हुन्छ। हेरौं उहाँहरू जनता, समाज र कानूनप्रति कति जिम्मेवार हुनुहुँदो रहेछ ?’

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै