होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाज
  • ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
समाज

ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

  • नागरिक रैबार
ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

 सप्तरीमा ट्र्याक्टर दुर्घटना हुँदा घाइते भएकामध्ये एक जनाको आज उपचारका क्रममा मृत्यु भएको छ। अर्नाहाबाट पत्थरगाढातर्फ जाँदै गरेको फलाम रड लोड भएको स १ त ६ १०८ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ महुकीमा दुर्घटना हुँदा घाइते सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ का २७ वर्षीय सन्तोष सदाको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।

उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए। दुर्घटनामा सोही ठाउँका २९ वर्षीय श्रीप्रसाद मण्डल र १८ वर्षीय युवराज सदा घाइते भएका छन्। मण्डल ट्र्याक्टरचालक हुन् भने अन्य मजदुर हुन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि