होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, साउन १४, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीगंगाको निर्वाचनको मिति तोक्न बसेको सर्वदलीय बैठक निश्कर्ष विहिन
समाचार

बुढीगंगाको निर्वाचनको मिति तोक्न बसेको सर्वदलीय बैठक निश्कर्ष विहिन

  • नागरिक रैबार
बुढीगंगाको निर्वाचनको मिति तोक्न बसेको सर्वदलीय बैठक निश्कर्ष विहिन

नागरिक रैबार/बाजुरा ३१ जेठ।बुढीगंगा नगरपालिकाको पुन: निर्वाचनको मिति तोक्नका लागि बसेको सर्वदलीय बैठक निश्कर्ष विहिन भएको छ ।

सर्वदलिय बैठक मार्फत पुन: निर्वाचन गर्ने मिति तोक्न आज चौथो पटक बसेको  सर्वदलीय बैठक निष्कर्ष बिहिन बनेको हो । यस अघि गएको शुक्रबार बसेको सर्वदलीय बैठकले बुढीगंगाको निर्वाचनको मिति तोक्न जेठ ३१ गतेका लागि पुनः बैठक बोलाएको थियो ।

आज जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको सर्वदलीय बैठकमा सहभागि भएका नेपाली काँग्रेस र नेकपा एमालेका नेताहरुवीच चुनावको मिति तोक्ने बारे सहमति हुन नसकेपछि बैठक निष्कर्ष विहिन भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकन्द्र बहादुर विष्टले बताएका छन् ।

विज्ञापन

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज चौथोपटक राखेको सर्वदलीय बैठक समेत निश्कर्ष विहिन भएपछि बुढीगंगाको निर्वाचनको मिति तय गर्न सकस देखिएको हो ।

निर्वाचन आयोगले यस अघि नै मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरालाई बुढीगंगामा पुनः निर्वाचनका लागि मिति तय गरेर निर्वाचन गर्न निर्देशन दिएको छ भने आयोगले बुढीगंगामा पुनः निर्वाचन गर्नका लागि चौथो पटक लक्ष्मण बहादुर कठायतलाई निर्वाचन अधिकृत तोकेर पठाएको छ ।

आयोगले बुढीगंगामा पुनः निर्वाचन गर्ने निणर्य गरेको भएपनि मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले निर्वाचनको मिति तोक्न नसकेपछि बुढीगंगाको निर्वाचन अन्योलमा रहेको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै