काठमाडौँ: सिक्किम सरकारले कबड्डी–४ को प्रदर्शनमा रोक लगाएको छ। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले विवाद समाधान नहुन्जेलसम्मका लागि राज्यमा कबड्डी–४ को रिलिजमा रोक लगाइएको जानकारी दिएका छन्।
मुख्यमन्त्री तामाङले आफ्नो आधिकारिक फेसबुक पेजमा कबड्डी–४ को रिलिजमा रोक लगाइएको जानकारी दिँदै लेखेका छन्, ‘विभिन्न संघसंस्था र संगठन तथा सिक्किमे जनताको भावनालाई मध्यनजर गर्दै सरकारले स्वीकार्य तरिकामा विवाद समाधान नहुन्जेलसम्मका लागि कबड्डी–४ को रिलिजमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।’
फेसबुक प्रतिक्रियाहरु