होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • अम्कोटका स्थानीय बस्तीविस्तारको माग राख्दै प्रशासनमा
Breaking News

अम्कोटका स्थानीय बस्तीविस्तारको माग राख्दै प्रशासनमा

  • नागरिक रैबार
[sharethis-inline-buttons]
अम्कोटका स्थानीय बस्तीविस्तारको माग राख्दै प्रशासनमा

नागरिक रैबार/बाजुरा ३० फागुन। बढिगंगा नगरपालिका १ नम्मर वडाका स्थानिय बासीहरु बस्तीविस्तारको माग गर्दै जिल्ला प्रशासन कार्यालय बाजुरा पुगेका छन् ।

जिल्लाको साँफे मार्तडी सडक खण्ड अन्तरगतको अम्कोटको पहिरोले गर्दा अम्कोट बासीहरुको उठिबास भएको वर्षौ वित्दा पनि जिल्ला प्रशासन कार्यालयले चासो नदेखाएपछि अम्कोट बासी प्रशासनमा आउन बाध्य भएको अम्कोटका स्थानीय लक्ष्मी पाध्यायले बताएका छन् ।

उनका अनुशार आर्थिक बर्षको यो कार्तिक महिनामा साँफे मार्तडी सडक खण्ड अवरुद्ध भईरहेका वेला अम्कोट बासीले सढक निर्माण गर्नका लागी कमै खाने ६० मुरी धान फल्ने जमिन कटाएर सडक निर्माण गर्न दियौं, तर त्यसको क्षेतीपुर्ती केही नदिएको स्थानीय लक्ष्मीराज पाध्यायले गुनासो गरेका छन् ।

विज्ञापन

अम्कोटको बस्ती स्थानान्तरण गर्नका लागी जिल्ला विपद व्यवस्थापन समिती बाजुराले अम्कोट बासीको तथ्याक संकलन गरेता पनी आज सम्म यसको कुनै सुनुवाई नभएको स्थानिय पाध्यायको गुनासो छ ।

अव मनसुन आउन करिव ९० दिन मात्र बाकी छन्, तर अम्कोटका बासीलाई बासको लागी केही सुरसार नभएको उनले बताए । उहाँले भने अव एक हप्ताभित्र जिल्ला प्रशासन कार्यालय बाजुराले अम्कोट बासीलाई बास व्यवस्था नमिलाईएपछी अम्कोटमा सडक बन्द गर्ने समेत चेतावनी दिए ।

त्यस्तै अम्कोटका अर्का स्थानियले भानुभक्त पाध्याय भन्छन् ,२४ परिवार मध्य ८ परिवारले क्षेतीपुर्ति पाइसकेको र अन्य बाकी परिवारले नपाएको गुनासो गरे । यता प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले यो अम्कोटबासीको समस्याको समाधान गर्न आजैबाट लाग्ने आश्वासन दिएका छन् ।

May be an image of text

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै