स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ मा गर्ने घोषणा भई सकेको छ । उम्मेदवार को बन्ने ? कस्तो बन्ने ? भन्ने बिषयमा चोकचोकमा कुराहरु चलिरहेका छन् भने सबै पार्टीले स्थानीय तहहरुमा प्रचार प्रसारका गतिविधि बढाईरहेका छन् । स्थानीय तह निर्वाचन ऐन अनुसार उम्मेदवारी दर्ता गर्ने दिनसम्म २१ वर्ष उमेर पूरा भएको नेपाली नागरिक, सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको व्यक्ति स्थानीय तहका जुनसुकै पदमा उम्मेदवार हुन पाउने व्यवस्था छ । तर उम्मेदवार बन्न होडबाजी हैन समाजलाई अरुको तुलनामा मैले कसरी राम्रो गर्न सक्छु भन्ने कुरामा होडबाजी हुन जरुरी छ । नतृत्व लिएर समाजका दुख यथावत रहनेहुन भने र सपना नदेख्ने नेता हुने हो भने त्यसको कुनै अर्थ छैन ।
धेरै जातजाति, बर्ग र समुदायको बसोबास भएको हाम्रो जस्तो समाजमा जातीयता, बर्गियता र निश्चित समुदायको आधार बनाई नेतृत्व खोज्नु न्यायसंगत हुदैन । यहाँ एउटै जाति र समुदाय भित्र फरकफरक बिचारहरु हुन सक्छन भने फरक फरक जाति र समुदाय भित्र एउटै बिचारहरु पनि हुनसक्छन् । समाज भित्रका यस्ता बिबिध तथ्य र आधारहरु जाेडेर जानसक्ने ब्यक्ति समाजको रोजाइमा पर्नसक्छन् । यहाँका बिपन्न, गरिव, अल्पसंख्यकहरु भित्र पनि सबैलाई जाेड्न सक्ने नेतृत्वको गुण हुन सक्छ जसले नेता स्वघोषणा गर्दैनन् । उपल्लो नेतृत्वले यस्तो अवस्थाकाे बिश्लेषण पक्कै गर्नेछ । आशा छ उपल्लो नेतृत्वले पनि यसपालि छानिछानि दुधकाे गोठालो बिरालो बनाउने छैन ।
केहि निश्चित स्थानीय नेतृत्वका आन्तरिक आपसी असमझदारी कारण समग्र समाज नै प्रभावित हुन पुग्छ । आपसमा यदि एकले अर्कालाई स्वीकार्दै नस्वीकार्ने हो भने त्यस्तो नेतृत्वले भोली पनि आपसी समझदारीमा सर्वपक्षीय, सर्वप्रिय र उल्लेखनीय काम गर्ला भन्न सकिदैन । तसर्थ उम्मेदवारी दिनु पुर्व नै आपसी सहमतिमा व्यापक बिश्लेषणका आधारमा एक आपसमा विश्वासको भावना जगाई जुटकाे उम्मेदवार हुन जरुरी छ र समझदारीबाट जन्मेको नेतृत्व जिम्मेवार र जनताले विश्वास गर्ने हुनु पर्ने हुन्छ ।
समाजलाई यतिखेर जल र ज्वाला सँगै बोक्न सक्ने नेतृत्व चाहिएको छ । समाजका बिबिध चरित्रहरु जोडेर लग्न सक्ने ब्यक्तित्व प्रति जनताको आशा भरोसा रहनेछ । म धनी छु, म नेता हुँ, म पुरानो हुँ, मेरो मात्रै पार्टीमा लगानी छ, मलाई देखेर सबै डराउछन्, अरु सबै भुसुना हुन, कुरा गर्न म कसैसँग डराउदैन भन्दै आफैले आफुलाई स्वघोषणा गर्दै हिड्ने दम्भले भरिपूर्ण प्रवृत्ति समग्रमा घातक सिद्ध हुन सक्छ ।
समाजमा सबै खाले मान्छेहरु हुन्छन् । ति सबै मान्छे आत्म सम्मानपुर्वक रहन चाहन्छन् । हरेक स्वभाव र बर्गका मान्छेको अपमान हैन आत्मसम्मान गर्ने नेतृत्व हुनु पर्छ । खराब आचरण भएकाहरुलाई समेत उत्प्रेरणाले सुधार्न सक्ने क्षमता नेतृत्वले राखोस । Right man in rights place को अवधारणामा जनशक्ति पहिचान र ब्यबस्थापन पनि नेतृत्वले गरोस ।
तुच्छ र चर्काे भाषण मात्रै हैन, आकासका तारा खसाल्ने प्रतिबद्धता पनि चाहिदैन । उम्मेदवार बन्न शैक्षिक योग्यतको ठ्याक्कै मापदण्ड नभएपनि यहाँ समाज सुहाउँदो, वर्तमान परिवेश सुहाउँदो, निष्पक्ष स्वाभावको दुखि, गरिव, किसान, मजदुर लगायतका सबै बर्गलाई समेट्दै सबै जातजाति, धर्म, समुदायसँग भिज्न सक्ने र “आधुनिक कम्प्युटरको युग अनि सुचना प्रबिधिको च्यालेन्जसँग मुकाबिला गर्न सक्ने क्षमता भएको उम्मेदवार आजको आवश्यकता हो ।”
नेतृत्वले समाज परिवर्तनको सपना देखेको हुनुपर्छ । समृद्ध, शान्त र सुव्यवस्था युक्त समाज स्थापित गराउने हुनुपर्छ । समाजका हरेक बर्ग, जाति, समुदायहरु जोडेर लैजाने हुनुपर्छ । सबैखाले सामाजिक, भौतिक, आर्थिक खाका बोकेको हुनु पर्छ । सामाजिक दायित्व बोध गर्न सक्ने नैतिकवान एक उदाहरणीय व्यक्ति समाजले खोजिरहेको छ ।
यसमा मतदाताको पनि उत्तिकै जिम्मेवारी र जवाफदेहीता हुन्छ । डर त्रासमा बल्झिने, ब्यक्तिगत प्रलोभनमा अल्झिने, ” लक्ष्य नभएको तर पुरानो भएको कारण वरिष्ठ ठान्ने ” प्रबृत्ती मतदाताहरुमा रहिरह्यो भने हाम्रो समाज २०१७ देखि २०४७ को अबधिमा फेरि फर्कनु पर्ने प्रष्ट छ । जहाँ फेरि एकपल्ट ” शासकले बाङ्गो रुख औंल्यांउदै- सोझो छ कि छैन भनी सोद्धा डरले” सोझो छ हजुर” भनी भन्नुपर्ने अवस्था आउनेछ ।
मोहन जंग मल्ल हिमाली-६ बाजुरा
फेसबुक प्रतिक्रियाहरु