होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ २४, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अस्पतालमा गोलाबारीः रुसी बमको शिकार बनिन् गर्भवती
समाचार

अस्पतालमा गोलाबारीः रुसी बमको शिकार बनिन् गर्भवती

  • नागरिक रैबार
अस्पतालमा गोलाबारीः रुसी बमको शिकार बनिन् गर्भवती

काठमाडौंः रुसले युक्रेनको मारिपोलमा रहेको बाल तथा प्रसूति अस्पतालमा गरेको बम आक्रमणका कारण गम्भीर समस्यामा आएकी गर्भवती महिला र उनले जन्माएको सन्तानको मृत्यु भएको छ।

समाचार संस्था एपीका अनुसार गएको बुधबार रुसले मारिपोलको अस्पतालमा आक्रमण गर्दा घाइते भएकी गर्भवती महिलालाई तत्कालै उद्धार गरी नजिकैको अर्को अस्पतालमा लगिएको थियो। तर चिकित्सकहरुको प्रयासका बाबजुद आमा र शिशुको ज्यान गएको हो।

एपीका पत्रकारले गएको बुधबार अस्पतालमा भएको आक्रमणपछि रक्ताम्य अवस्थामा रहेकी गर्भवती महिलालाई उद्धारकर्मीले स्ट्रेचरमा राखेर नजिकैको अर्को अस्पताल लैजाँदै गरेको तस्बिर खिचेका थिए। सो तस्बिर विश्वभर नै सामाजिक सञ्जालमा साझा गरिएको थियो।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै