नागरिक रैबार/बाजुरा २९ असार। नेपाल मानव अधिकार एलाइन्स बाजुराले बिबिध कार्यक्रमहरु गरेर २३ औँ स्थापना दिवस मनाएको छ ।
नेपाल मानव अधिकार एलाइन्सको २३ औँ स्थापना दिवसरको अवसरमा बुधबार द्वारीका प्राविका विद्यार्थीलाइ स्टेशनरी, पाेषाक वितरण गरेको छ भने आजै जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनुका साथै पत्रकार सम्मेलन गरी कार्यक्रम समापन गरेको छ ।
प्रधानमन्त्री शेर बहादुर देउवालाई दिएको ज्ञापन पत्रमा नेपाल रेडक्रस सोसाईटी भ्रस्टाचारको चुर्लुम्म डुबेकोले रेडक्रसलाई चुस्त दुरुस्त बनाउनपर्ने माग राखेको नेपाल मानव अधिकार एलाइन्सका केन्द्रीय उपाअध्यक्ष लाल बहादुर ओलीले बताएका छन् ।
फेसबुक प्रतिक्रियाहरु