होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • नेपाली काँग्रेस बाजुराको चुनावी अभियान मार्तडीबाट शुभारम्भ
Breaking News

नेपाली काँग्रेस बाजुराको चुनावी अभियान मार्तडीबाट शुभारम्भ

  • नागरिक रैबार
[sharethis-inline-buttons]
नेपाली काँग्रेस बाजुराको चुनावी अभियान मार्तडीबाट शुभारम्भ

नागरिक रैबार/बाजुरा २९ फागुन। नेपाली काँग्रेस बाजुराको चुनावी अभियानको सुभारम्भ मार्तडीबाट सूरु गरिएको छ ।घरघर जाऔं, काँग्रेसलाई जिताऔं भन्ने मुल नाराका साथ नेपाली काँग्रेस बाजुराले चुनावी अभियानको सुभारम्भ मार्तडीबाट सूरु गरेको हो । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि चुनावी अभिायनको शुभारम्भ बडीमालिका नगरपालिकाको मार्तडीबाट गरिएको काँग्रेस बाजुराले जनाएको छ ।

नेपाली काँग्रेसको केन्द्रिय कार्यालयको सर्कुलर अनुसार बाजुरा जिल्लामा काँग्रेसले स्थानीय चुनाव लक्षित कार्यक्रम गर्ने भएको छ । काँग्रेसले आजबाट चुनावी अभियानको सुभारम्भ गर्दै जिल्लाका अन्य बाँकी ८ वटा पालिकामा र पालिकाका प्रत्येक वडामा चुनावी अभियान संचालन गर्ने भएको छ ।

नेपाली काँग्रेस बाजुराका पार्टी सभापति रामसिंह रावलको अध्यक्षतामा चुनावी अभियानको सुभारम्भ गरिएको हो ।चुनावी सुभारम्भ कार्यक्रममा प्रमुख अतिथि नेपाली काँगे्रसका सहमहामन्त्री वद्रीप्रसाद पाण्डे रहेका थिए । त्यस्तै विशिष्ट अतिथि काँग्रेसका केन्द्रिय सदस्य अर्जुन जंग सिंह रहेका थिए ।

विज्ञापन

काँग्रेस बाजुराका पार्टी सचिव भरत थापाले संचालन गरेको चुनावी अभियान सुभारम्भ कार्यक्रममा पार्टीका पूर्व सभापति मनबहादुर रावल, कविराज पंडित, पार्टी उप लसभापतिद्धय पदम बडुवाल,नारायण पाध्याय, महासमिति सदस्य महा नेपाली जुना दानी,प्रदेश समिति सदस्य पदम शाही धनराज पण्डित,राधिका सिंह लगायत अतिथी रहेका थिए । पार्टी सचिव भरत रोकायाले संचालन गरेको कार्यक्रमको स्वागत मन्तव्य उप सभापति पदम बडुवालले गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै