होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चुनावमा गरेका बाचा पूरा गर्दै पुर्वमन्त्री शाह, चाैराटाका ९२ परिवारका घरघरमा खानेपानीका धारा
समाचार

चुनावमा गरेका बाचा पूरा गर्दै पुर्वमन्त्री शाह, चाैराटाका ९२ परिवारका घरघरमा खानेपानीका धारा

  • नागरिक रैबार
चुनावमा गरेका बाचा पूरा गर्दै पुर्वमन्त्री शाह, चाैराटाका ९२ परिवारका घरघरमा खानेपानीका धारा

नागरिक रैबार
बाजुरा २८ पुस
बडिमालिका नगरपालिका वडा न ९ मा रहेको चौराटाका ९२ परिवारले सुद्ध खानेपानी पिउने भएका छन । प्रदेश सरकारको आयोजनमा सम्पन्न चौराटा खानेपानीको आज एक कार्यक्रमका बिच प्रदेश सरकारका निर्बतमान आर्थिक मामिला तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले चौराटा खानेपानीको उद्धघाटन गरेका हुन ।
चुनावी प्रचार प्रसारका बेला मन्त्री शाहलाई त्यहाँका स्थानीयले खानेपानीको माग गरेको र सोही बमोजिम काम गरि घर घरमा खानेपानी पुर्याईदिएकोमा स्थानीयले मन्त्री शाहलाई धन्यबाद समेत दिएका छन । करिव ५ किलोमिटर टाढाबाट खानेपानी चौराटामा पुगेको स्थानीयले बताएका छन । प्रदेश सरकारको १ करोड १० लाख बजेटमा सो खानेपानी योजना सम्पन्न भएको चौराटा खानेपानी उपभोक्ता समितिका अध्यक्ष बिनोद बिकले बताएका छन । बर्षौदेखी खानेपानीको समस्यामा परेका चौराटाबासीले खानेपानीका लागि सहयोग गरेको भन्दै मन्त्री शाहलाई सम्मान समेत गरेका छन । मन्त्री शाहले जितेर त्यो ठाउँमा पुर्याउनुभएकोमा धन्यबाद दिदै आगामी दिनमा पनि स्थानीयका समस्याहरु समाधान गर्दै लैजाने प्रतिबद्धता समेत ब्यक्त गरेका छन ।
पुर्ब मन्त्री शाहले खानेपानी रिजरभाई ट्याङकीको गेटमा रिवन काट्दै गेडभल्व खोलेर उद्धघानटन गरेका थिए । चौराटा खानेपानी उपभोक्त समितिका अध्यक्ष बिनोद बिकको अध्यक्षतामा संचालन भएको उद्धघाटन कार्यक्रमको प्रमुख अतिथि पुर्ब आन्तरिक मामिला तथा कानुन मन्त्री, आर्थिक मामिला मन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाश बहादुर शाह रहेका थिए । दल बहादुर बिष्टले संंचालन गरेको कार्यक्रमा चौराटाका स्थानीय, स्थानीय तहका जनप्रतिनिधी तथा बडिमालिका नगरपालिका वडा न ९ का वडा अध्यक्ष लालचन्द नेपाली, स्थानिय स्तरका राजनैतिक दलका प्रतिनिधी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार