नागरिक रैबार/बाजुरा २७ असार। बढीगंगा नगरपालिकाका नवनिर्बाचित नगर प्रमुख रामबहादुर बाँनियाले पद तथा गोपनियताको शपग ग्रहण गरेका छन् । असार २३ गते भएको निर्बाचनबाट नगरप्रमुखमा निर्वाचित भएपछि बानियाँले आज मार्तडीमा मुख्य निर्वान अधिकृत समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।
नगर प्रमुखको शपथ ग्रहणपछि उनलेआजै उप–प्रमुख तथा पालिकाका अन्य जनप्रतिनिधिहरुलाई पनि पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । बैशाख ३० गते भएको स्थानिय तहको निर्बाचनमा धादली भएको भन्दै पालिकाको निर्बाचन रद्ध गरिएको थियो । रद्ध गरिएको निर्बाचन असार २३ गते भएपछि २६ गते अन्तिम मत परिणाम आएको थियो ।
फेसबुक प्रतिक्रियाहरु