होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘प्रकाश’ का लागि हली भए प्रदीप
समाचार

‘प्रकाश’ का लागि हली भए प्रदीप

  • नागरिक रैबार
‘प्रकाश’ का लागि हली भए प्रदीप

अभिनेता प्रदीप खड्का दर्शकले रुचाएका हिरो हुन् । दर्शकले सधै उनलाई प्रेमी र धनी केटाको रुपमा पर्दामा देख्दै आएका छन् ।

अव भने प्रदीप गाउँले, गरिव र माया लाग्दो केटाको रुपमा देखिने भएका छन् । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘प्रकाश’ मा प्रदीपले करियरकै पहिलो पटक फरक भूमिका देखिन लागेका छन् । जसको अहिले चर्चा हुने गरेको छ । हुन त दर्शकले उनलाई सधै लभर ब्वाइजको रुपमा रुचाएका छन् । उनको अनुहारको बनौटले पनि रोमान्टिक चरित्रमा सुहाउने छ । रोमान्टिक चरित्र अभिनयमा एउटा उचाइ बनाएका उनले किन प्रकाशका लागि रिक्स लिए त ? धेरैले नबुझेको प्रश्न हो । कलाकार बन्ने प्रयासमा करिअरलाई दाउमा राखेर ‘प्रकाश’ अभिनय गरेको प्रदीपले बताउँदै आएका छन् ।

प्रकाशको निर्देशक दिनेश राउतले गरेका हुन् । राउतले फिल्ममा प्रदीपलाई जुम्लाको एक विपन्न परिवारको युवकको भूमिकामा उतारेका छन् । फिल्म द्वन्द्वकालमा हराएका पिताको सपना साकार गर्न उनको छोराले गाउँको सरकारी विद्यालयमा शिक्षक बन्न गरेको संघर्ष विषयवस्तु बनाइएको छ । प्रदीपले त्यही छोराको भूमिका निर्वाह गरेका छन् । निर्माण टिमले यसअघि सार्वजनिक गरेको टिजर, गीत र पोस्टरमा उनको लुक्स हेर्दा प्रकाशको चरित्रमा आफूलाई ढाल्न उनले धेरै मिहिनेत गरेको सजिलै अनुमान गर्न गाहे पर्छ ।

विज्ञापन

हालै निर्माण युनिटले फिल्म भित्रको दुई तस्बिरहरु सार्वजनिक गरेको छ । तस्बिरमा प्रदीप सुख्खा जमिनमा हलो जोतिरहेका छन् । खुट्टामा चप्पल छैन । सर्ट र टाउजर मैलोले कटकटिएको छ । अनुहारमा खुशीका रेखा छैनन् । चिन्ता, पीडा, अभाव उनको अनुहारमा छल्किएको छ । यो तस्बिर हेर्दा उनलाई ‘प्रेमगीत’ को ‘प्रेम’ भनेर विश्वास गर्न मुस्किलै छ । उनले हलो जोतेको तस्बिर रियल झै लाग्छ । तस्बिर तस्बिर त उनका फ्यानले मन पराएका छन् । फिल्म मनपराउने हो होइन त्यो भने रिलिजसमयसम्म कुर्नुपर्ने देखिन्छ ।

१० भदौबाट सार्वजनिक प्रदर्शनमा आउँने फिल्ममा प्रदीपको अलवा दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक लगायतको पनि अभिनय छ ।
महेन्द्र अधिकारीको निर्माण रहेको फिल्म ‘प्रसाद’ जस्तो अब्बल फिल्म दिएका दिनेश राउतले निर्देशन गरेका कारण पनि प्रतीक्षित सूचीमा छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ दिन अगाडि

भर्खरै