होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन २२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कुखुराको मासुको मूल्य फेरि बढ्यो
समाचार

कुखुराको मासुको मूल्य फेरि बढ्यो

  • नागरिक रैबार
कुखुराको मासुको मूल्य फेरि बढ्यो

काठमाडौं । ब्रोइलर कुखुरा उत्पादकहरुले एक सातामै दोस्रो पटक कुखुराको मासुको मूल्य बढाएका छन् । गत सोमबार किलोमा १० रुपैयाँले बढाएर प्रतिकिलो २९० रुपैयाँ पुर्‍याइएको जिउँदो ब्रोइलर कुखुराको मासुको मूल्य शुक्रबारदेखि पुनः बढेको हो ।

नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघकाअनुसार शुक्रबारबाट जिउँदो ब्रोइलर कुखराको प्रतिकिलो कोल्ड स्टोर मूल्य ३०० सय रुपैयाँ पुगेको छ । ‘सोमबार २८० बाट ९० पुग्यो, आज ९० बाट १० रुपैयाँ बढेर ३०० रुपैयाँ पुगेको छ, बजारमा कुखुरा अभाव छ,’ संघका सचिव देवकुमार गिरीले भने ।

कुखराको कोल्ड स्टोर मूल्य बढेसँगै तयारी मासुको मूल्य पनि आकासिएको छ । संघकाअनुसार काठमाडौं उपत्यका वरपर अहिले तयारी ब्रोइलर कुखुराको मासुको मूल्य ४२० रुपैयाँसम्म पुगेको छ ।

विज्ञापन

रुस र युक्रेनको युद्धका कारण कुखुराको दाना उत्पादन गर्ने कच्चा पदार्थ आयात रोकिएको र प्राप्त भएको कच्चा पदार्थ पनि निकै महँगो भएको सचिव गिरीले बताए । ‘दाना महँगो हुँदा किसान पेशाबाट पलायन भए, बजारमा कुखुरा उत्पादन कम भएपछि मूल्य बढ्यो’ सचिव गिरीले भने ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि