काठमाडौं । यात्रु चढाएर ट्याक्सी वेसम्म आइपुगेको सौर्य एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि पुनः पार्किङमा फर्काइएको छ ।काठमाडौंबाट विराटनगरका लागि उड्ने तयारी गर्दागर्दा जहाजमा प्राविधिक समस्या पहिचान भएपछि जहाज पार्किङ क्षेत्रमै फर्काएर यात्रुलाई झारिएको विमानस्थल व्यवस्थापनका एक अधिकारीले जानकारी दिए ।
जहाज नउड्दै समस्या पहिचान भएका कारण समस्या भएन,’ उनले भने जहाज पार्किङ क्षेत्रमा फर्काइएको छ । जहाजमा प्राविधिक समस्या देखिएपछि यात्रुहरु भने आक्रोशित बनेका थिए ।
सो जहाजमा सवार बेलका नगरपालिकाका मेयर दुर्गा कुमार थापाले लेखेका छन्, ‘ दुर्घटनाको मुखबाट बाँचियो, तर सौर्य एयरलाइन्सको व्यवस्थापन यात्रुप्रति उदासिन देख्दा दु:ख प्रकट गर्दछु, जहाज कन्डिसन चेक नगरी उडाउनु काेशिस गर्नु अपराध होइन ?’
फेसबुक प्रतिक्रियाहरु