होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, फाल्गुन २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • भारतले महाकालीको बहाव नेपालतिर फर्काउन तटबन्ध बनाएको भन्दै विरोध
देश/प्रदेश

भारतले महाकालीको बहाव नेपालतिर फर्काउन तटबन्ध बनाएको भन्दै विरोध

  • नागरिक रैबार
भारतले महाकालीको बहाव नेपालतिर फर्काउन तटबन्ध बनाएको भन्दै विरोध

धनगढी : मौलिक जरोकिलो पार्टी सुदूरपश्चिम प्रदेशले भारतले महाकाली नदीको बहाव नेपालतिर फर्काउने गरी तटबन्ध गरिरहेको प्रति गम्भीर आपत्ति जनाएको छ। शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो देशको सीमाना विस्तार गर्ने र नेपालको सीमामा बनाइएको तटबन्धमा क्षति पुर्याई सदरमुकाम लगायत नेपाली भूमि नै डुबाउने उद्देश्यले यस्तो कार्य गरिन लागिएको जनाउँदै सो कार्य तत्काल रोक्नका लागि दबाव दिन नेपाल सरकारसँग माग गरेको छ।

‘दार्चुलाका स्थानीय जनताले बरु भारतको बलमिच्याईविरुद्ध ढुङ्गामुडा प्रहार गरेर प्रतिवाद गर्ने गरेका छन् तर नेपाल सरकार कानमा तेल हालेर बसेको छ। तुइन काटेर जयसिंह धामी बेपत्ता पारियो र भारतको सीमा सुरक्षा बलबाट पटक पटक नेपाली नागरिकले ज्यादति भोग्नुपरेको छ। तर नेपाल सरकारलाई न आफ्नो सीमानाको मतलब छ न सीमानामा रहेका नागरिकको जिउ धनको सुरक्षाको,’ सुदूरपश्चिम अध्यक्ष खिमानन्द जोशीले भने।

दुई देशको सीमानाको रूपमा रहेको महाकाली नदीमा गरिने कुनै पनि कार्य दुई देशको सहमतिमा हुनुपर्छ। भारतले एकतर्फी रूपमा पटक पटक यस्ता कार्यहरू गर्ने गरेको हुँदा देशको सीमाना र नागरिक सुरक्षाको विषयमा संवेदनशील हुन नेपाल सरकारलाई पार्टीले अनुरोध गरेको छ,’ प्रदेश सचिव सावित्री गिरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै