होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • विचित्र संसार
  • वैज्ञानिकले फेला पारे क्यान्सरबाट मृत्यु भएकी पहिलो गर्भवती महिला
विचित्र संसार

वैज्ञानिकले फेला पारे क्यान्सरबाट मृत्यु भएकी पहिलो गर्भवती महिला

  • नागरिक रैबार
वैज्ञानिकले फेला पारे क्यान्सरबाट मृत्यु भएकी पहिलो गर्भवती महिला

वैज्ञानिकहरूले करिब २ हजार वर्ष पुरानो एक गर्भवती महिलाको शव (ममी) इजिप्टमा फेला पारेका थिए । उक्त महिलाको शवलाई वैज्ञानिकहरूले मिस्टेरियस लेडी अर्थात् रहस्यमय नारीको उपमा दिएका छन् । उक्त शव एक गर्भवती महिलाको रहेको र उसको गर्भमा निकै राम्रोसँग संरक्षित अवस्थामा भ्रूण फेला परेको थियो ।

पछिल्लो केही समयदेखि वैज्ञानिकहरूले सबैभन्दा पुरानो उक्त गर्भवती महिलाको शवको अध्ययन गरी उनको मृत्युको कारण पत्ता लगाउने प्रयास गरिरहेका थिए । उक्त शवको खप्परका विषयमा वैज्ञानिकहरूले अनुसन्धान गरे । जसबाट ती महिलाको मृत्यु क्यान्सरका कारण भएको पत्ता लागेको छ ।

यो एउटा यस्तो खोज बनेको छ जसले क्यान्सर विशेषज्ञ तथा इजिप्टका वैज्ञानिकहरूलाई हैरान पारेको छ ।

विज्ञापन

१९औं तथा २०औं शताब्दीमा यो ममी एक पुरुष पुजारीको भएको अनुमान गरिएको थियो । तर वार्सा ममी परियोजनाले जब त्यसमाथि अनुसन्धान गर्‍यो तब त्यो शव पुरुषको नभएर महिलाको भएको पत्ता लाग्यो । अझ आश्चर्य त तब भयो जब त्यो संसारकै पहिलो गर्भवती शव रहेको पत्ता लाग्यो । विश्वमा त्यसभन्दा पुरानो गर्भवती शव अहिलेसम्म फेला परेको छैन ।

यही वर्षको सुरुआतमा उक्त रहस्यमय नारीको शवको सिटी स्क्यान गरियो र त्यसक्रममा पेल्भिस क्याभिटीमा एक भ्रूण रहेको थियो । गर्भमा निकै धेरै अम्लीयपना र कम अक्सिजनयुक्त वातावरणका कारण भ्रूण राम्रोसँग संरक्षित भएको थियो ।

वैज्ञानिकहरूले ती गर्भवती महिलाको मृत्यु किन भएको रहेछ ? भन्ने कुरा पत्ता लगाउनका लागि पनि अध्ययन गरे । गर्भवती ममीको खप्परको स्क्यान गरियो । खप्परको हड्डीको स्क्यानको जाँचका क्रममा ती महिला क्यान्सर पीडित रहेको पत्ता लाग्यो । सिटी स्क्यानका क्रममा खप्परको बायाँतर्फ यस्तो संकेत देखियो जुन आजकल नेसोफेरिन्जियल क्यान्सरका रोगीहरूमा पाइन्छ ।

यो एक दुर्लभ क्यान्सर हो र यसले नाक र मुखको पछाडिको भागलाई प्रभावित गर्दछ । त्यहाँ ७ मिलिमिटर व्यासको एक गोलो घाउ देखियो जुन ट्युमरका कारण हुन सक्दछ ।

साथै अनुहारका हड्डीमा ठूलो प्वाल पनि पाइयो । क्रेनियोफिसियल हड्डीमा यही क्यान्सरका कारण परिवर्तन आउँदछ । यद्यपि क्यान्सरको सही तरिकाले पत्ता लगाउनका लागि शोधकर्ताहरूले ममीको तन्तुको राम्रोसँग जाँच गर्नुपर्ने हुन्छ ।

स्मरण रहोस् यसअघि पनि क्यान्सरको सम्भावित लक्षण देखिएका केही ममी इजिप्टमा फेला परेका थिए । सन् २०१७ मा वैज्ञानिकहरूले दुईवटा प्राचीन मिश्रका शवहरूमा स्तन क्यान्सर र मल्टिमल माइलोमा भएको पत्ता लगाएका थिए । यो विश्वमा क्यान्सरको सबैभन्दा पुरानो घटना हो ।

एजेन्सी

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार