होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाज
  • हुम्लाका मतदाता भन्छन्- आफ्नोमात्र पेट भर्ने नेता चाहिंदैन
समाज

हुम्लाका मतदाता भन्छन्- आफ्नोमात्र पेट भर्ने नेता चाहिंदैन

  • नागरिक रैबार
हुम्लाका मतदाता भन्छन्- आफ्नोमात्र पेट भर्ने नेता चाहिंदैन

सिमकोट । स्थानीय तहको निर्वाचनको मतदान गर्न केही दिन बाँकी छ । नेता तथा कार्यकर्ता जनताका घरदैलो पुगेर विभिन्न आश्वासन दिदै हिंडिरहेका छन् ।यता मतदाता भने आफ्नोमात्र पेट भर्ने र आफ्नोमात्र पोल्टो भर्ने नेता आफूहरुलाई नचाहिएको बताउन थालेका छन् ।

गरिब, दलित, एकल महिला, वृद्धवृद्धाहरुका समस्या समाधान गर्ने नेता चाहिएको सिमकोट गाउँपालिका-६ की काली रोकायाले बताइन् । ‘भोट माग्न आउँदा विभिन्न किसिमका आश्वासन दिएर जान्छन् चुनाव जितेर गएपछि नमस्कार गर्दा समेत फिर्ता गर्दैनन्,’ रोकायाले भनिन्, ‘अब त हामी नेताका समस्या बुझ्ने नेता चाहिएको छ । आफ्नो पेट भर्ने र आफ्नो गादो भर्ने नेता चाहिँदैन ।’

सिमकोट-६ की नउसरा रावतले भोट माग्न आउने नेता तथा कार्यकर्तादेखि वाक्क भइसकेको बताइन् । ‘दिनदिनै घर लिपपोत गर्दै ठिक्क छ, एक समूह जान्छ, अर्को समूह आइहाल्छ । आमा-बुवा भोट दिनुहोला भन्छ, घरको भुइँले समेत सुख पाएको छैन,’ रावतले भनिन् ।

विज्ञापन

भोट माग्न आउने नेता तथा कार्यकर्तालाई टीका लगाइदिंदा लगाइदिंदै चामल मात्रै खर्च भएको सिमकोट गाउँपालिका ६ की जयदेवी रोकायाले गुनासो गरिन् । उनले भनिन्, ‘घरदैलोमा आउँछन् भोट माग्न, चुनाव सकिएपछि हामीलाई हेर्ने होइनन्, टीका लगाइदिंदा चामल मात्रै खर्च भएको छ ।’

‘भोट माग्दा आमा-बुवा विकास गर्छु, महिला, बालबालिका, वृद्धावृद्धा, दलितका माग सम्बोधन गर्छु भनेर मख्ख पारेर जान्छन् । जितेपछि चिन्दैन्ान्,’ रोकायाले गुनासो गरिन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि