होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बेलायती प्रधानमन्त्री अचानक युक्रेनको राजधानी किभमा
समाचार

बेलायती प्रधानमन्त्री अचानक युक्रेनको राजधानी किभमा

  • नागरिक रैबार
बेलायती प्रधानमन्त्री अचानक युक्रेनको राजधानी किभमा

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रूसी आक्रमण सामना गरिरहेको युक्रेनको राजधानी किभ पुगेका छन् । उनी शनिबार अचानक त्यहाँ पुगेको बीबीसीले जनाएको छ ।

रुसले युक्रेनमाथि गत फेबु्रअरी २४ देखि आक्रमण थालेको थियो । रूसी आक्रमण अहिले पूर्वी युक्रेन केन्द्रीत रहेको समाचारहरुमा बताइएको छ । बेलायतले प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा युक्रेनेको समर्थन जनाउँदै आएको छ ।

बेलायती प्रधानमन्त्री जोनसन शनिबार पूर्वघोषणाबिनै युक्रेनको राजधानी किभ पुगेर युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँग भेटवार्ता गरेका हुन् । बीबीसीका अनुसार उनले रूसी आक्रमणविरूद्ध जेलेन्स्कीको नेतृत्व र युक्रेनी जनताले देखाएको बहादुरीको प्रशंसा गर्दै बेलायतले थप सैन्य सहायता दिने घोषणा गरेका छन् ।

विज्ञापन

बेलायती प्रधानमन्त्रीलाई राष्ट्रपति जेलेन्स्कीले किभका सडकमा घुमाएको थिए । दायाँबायाँ हतियारधारी सैनिकका बीचमा जोन्सन र जेलेन्स्की किभका सडकमा हिँडेको भिडियो समेत सार्वजनिक भएको छ । सोक्रममा जोन्सनले केही सर्वसाधारणसँग पनि कुरा गरेका थिए ।

बेलायती प्रधानमन्त्री औपचारिक पोशाकमा थिए भने जेलेन्स्की ट्रयाकसुटमा देखिन्छन् । रूसी आक्रमणपछि जेलेन्स्की सार्वजनिक ठाउँमा औपचारिक पोशाकबिनै उपस्थित हँुदै आएका छन् । यसअधिका भिडियोमा उनी टिसर्टमात्र लगाएको देखिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार