काठमाडौँ — एसएस राजमौली निर्देशित फिल्म ‘आरआरआर’ले प्रदर्शनको दोस्रो सातामै दश अर्ब रुपैयाँको व्यापार गर्न सफल भएको छ ।यसअघि आमिर खान अभिनित ‘दंगल’ र राजमौलीकै ‘बाहुबली: द कन्क्लुजन’ले मात्रै दश अर्बभन्दा माथिको व्यापार गरेको थियो । व्यापार विश्लेषक मनोबाला विजयवालनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘आरआरआर एक हजार करोड क्लबमा प्रवेश गरेको छ ।’ अर्का विश्लेषक तरण आदर्शले भने प्रदर्शनको तेस्रो सातामा पनि फिल्मको कमाइ कम हुने छाँटकाँट नदेखिएको उल्लेख गरेका छन् ।
बहु-भाषामा प्रदर्शनमा आएको यो फिल्ममा २०औं शताब्दीतिरको कथा भनिएको छ । फिल्ममा जुनियर एनटीआर, रामचरण, अजय देवगन र आलिया भट्टको अभिनय छ । यो फिल्म कम समयमै करोड क्लबमा प्रवेश गर्ने फिल्म बनेको पनि भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
फिल्म निर्माण टिमका अनुसार फिल्मले युकेमा ओपनिङ व्यापार निकै राम्रो गरेको थियो ।
फेसबुक प्रतिक्रियाहरु