सम्बन्धित उम्मेदवारले मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भएर उम्मेदवारी मनोनयनपत्र दर्ता गर्नुपर्नेछ । उम्मेदवार स्वयं उपस्थित भएर वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट मनोनयनपत्र दर्ता गर्न सकिनेछ ।
निर्वाचन आयोगले बाढी, पहिरो तथा यातायात अवरोधका कारण कुनै समस्या परेमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न सहजीकरण गरिने बताएको छ । आयोगले आइतबार बिहान १० बजेभित्र निर्वाचन आयोगमा कागजात उपलब्ध गराएमा आवश्यक सहजीकरण गरिदिने व्यवस्था मिलाइएको जानकारी दिएको छ । प्रत्यक्षतर्फ देशभरिका कुल १६५ प्रतिनिधि सभा र ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनपत्र दर्ता गरिनेछ । आगामी निर्वाचनमा भाग लिन ७६ राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन दिएका थिए । विभिन्न राजनीतिक दलले एउटै चुनाव चिह्न लिएर चुनावमा जाने भएपछि दलहरूका लागि ६८ वटा चिह्न निर्धारण गरिएको छ ।
फेसबुक प्रतिक्रियाहरु