होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, मंसिर १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • खडेरीका कारण इथियोपियामा आठ लाख ४५ हजार मानिस विस्थापित
अन्तर्राष्ट्रिय

खडेरीका कारण इथियोपियामा आठ लाख ४५ हजार मानिस विस्थापित

  • नागरिक रैबार
खडेरीका कारण इथियोपियामा आठ लाख ४५ हजार मानिस विस्थापित

काठमाडौं । इथियोपियामा खडेरीका कारण ठूलो संख्याका नागरिक विस्थापित भएका छन् । साथै यहाँका लाखौँ पशु चौपाया पनि मरेको बताइएको छ ।

संयुक्त राष्ट्रसंघले सो कुराको जानकारी दिएको हो । संयुक्त राष्ट्रसंघका अनुसार यहाँका ८ लाख ४५ हजार मानिस विस्थपित भएका छन् । उनीहरू खडेरीका कारण खाद्यान्न खोज्ने क्रममा विस्थापित हुन पुगेका संयुक्त राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघीय प्रवक्ता स्टेफान डुजारिकले इथियोपिया सरकारले यसका लागि काम त गरिरहेको तर पनि नागरिकहरू विस्थापित हुने र त्यहाँबाट खाद्यान्न र आश्रयका लागि अन्यत्रै जान लागेका बताए । उनले यहाँका १५ लाखभन्दा बढी पशु चौपाया पनि मरेको जानकारी दिएको छ । संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी एजेन्सीले काम गरिरहेको तर आवश्यक मात्रामा उनीहरुलाई सहयोग पुर्‍याउन नसकिएको पनि राष्ट्रसंघले जनाएको छ ।

विज्ञापन

साथै संयुक्त राष्ट्रसंघले यहाँका कतिपय स्थानमा मानवीय सहायता वितरण भइरहेको भए पनि सो पर्याप्त नभएको बताएको छ । इथियोपियाका अधिकांश क्षेत्रमा खडेरीको प्रभाव परिररहेको भन्दै यहाँका ४० लाखभन्दा बढी नागरिक प्रभावित भएको पनि बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार