नागरिक रैबार/बाजुरा २६ माघ। नेकपा एमाले जिल्ला कमिटी बाजुराको माघ २५ गते सदरमुकाम मार्तडीमा बसेको पदाधिकारीको प्रथम बैठकले पार्टीका विभिन्न २४ वटा विभागहरुको गठन गरेकाे छ । पार्टीकाे विधान बमाेजिम विभिन्न २४ वटा विभागहरु गठन गरि नेताहरुलाई जिम्मेवारी तोकेको निर्णय बुधबार पत्रकार सम्मेलन मार्फत एमाले बाजुराका सचिव भरत थापाले बताएका छन् ।
माघ २५ गते सम्पन्न पदाधिकारीकाे बैठकमा भएका बिभिन्न निर्णयहरु सार्बजनिक गर्दै थापाले आगामी फागुन ५ गते कोल्टीमा बस्ने एमाले जिल्ला कमिटीको दोस्रो पूर्ण बैठकमा एमाले बाजुराको पदाधिकारीको प्रथम बैठकबाट गठन गरिएका विभाग र जिम्मेवारी तोकिएका पदाधिकारीहरुको अनुमोदनका लागि प्रस्ताव गरिने बताएका छन् ।
त्यसै गरी नेकपा एमाले बाजुराले आउदै गरेको स्थानीय तहको निर्बाचानलाई लक्षित गर्दै टोलटोलमा संगठन घर घरमा एमाले भन्ने नाराका साथ अभियान संचालन गर्ने निणर्य भएको पत्रकार सम्मेलनमा सचिव थापाले बताएका थिए ।
नेकपा एमाले जिल्ला कमिटी बाजुराका अध्यक्ष काली बहादुर शाहीको अध्यक्षतामा संचालन भएको पत्रकार संम्लेनमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला ईन्चार्ज लाल बहादुर थापा प्रमुख अतिथि रहेका थिए । सम्मेलन कार्यक्रममा पार्टीका उपाध्यक्ष भरत बुढा, उपसचिव हरी रोकाया कार्यालय सचिव तथा प्रचार विभाग प्रमुख काशी विक, जिल्ला कमिटी सदस्य अमर खड्का, माया कुवर,रुक्मणी शाह, कल्पना महत लगायतका नेताहरुको सहभागी थिए ।
यि हुन् विभागहरु र जिम्मेवारी पाउने नेताहरु :
फेसबुक प्रतिक्रियाहरु