नागरिक रैबार/बाजुरा २५ पुस। नेकपा एमाले जिल्ला कमिटी बाजुराको सातौं जिल्ला अधिवेशनको बन्दशत्र केही बेरपछि सूरु हुने भएको छ ।
शुक्रबारबाट सूरु भएको एमालेको सातौं जिल्ला अधिवेशन उद्धघाटन् भएको ३ दिनपछि आज केही बेरमा सूरु हुने भएको हो । यस अघि शनिबार विहान ११ बजेबाट बन्द शत्र सूरु गरिने भनिएको भएपनि प्रतिकुल मौषमका कारण बन्द शत्रको कार्यक्रम संचालनमा ढिलाई भएको एमाले बाजुराले बताएको छ ।
बन्दशत्र अवको केही समयपछि जिल्ला खेलकुद विकास समितिको कवर्डहलमा सूरु हुने एमालेले जनाएको छ । एमालेको साताैं जिल्ला अधिवेशनमा जिल्ला भरिका ९ वटै स्थानीयतहबाट ४ सय ६३ जना प्रतिनिधिहरु सहभागि भएका छन् ।
फेसबुक प्रतिक्रियाहरु