लन्डन — रोबर्ट लेवनडोस्कीको ह्याट्रिकको मदतले बार्सिलोनाले युरोपेली च्याम्पियन्स लिगमा बुधबार भिक्टोरिया प्लाजेनलाई ५–१ ले हराएर विजयी सुरुआत लिएको छ । पोलिस फरवार्डले बायर्न म्युनिक छाडेर बार्सिलोना आएयता ह्याट्रिक गरेको यो पहिलो हो ।
समूह ‘सी’ को अर्को खेलमा बार्यनले इन्टर मिलानमाथि २–० को जित रच्यो । समूह ‘डी’ मा टोटनहमले मार्सेलाई २–० ले पन्छायो र त्यसमा रिचार्लिसनले दुई गोल गरे ।
यस समूहको अर्को खेलमा स्पोर्टिङले फ्रांयकफर्टलाई ३–० ले हरायो । बुधबारका अन्य खेलमा आयाक्सले रेन्जर्सलाई ४–०, नेपोलीले लिभरपुललाई ४–१, एटलेटिको म्याड्रिडले एफसी पोर्टोलाई २–१ र बायर लेभरकुजनले क्लब ब्रुग्सलाई १–० ले पराजित गर्यो ।
एजेन्सी
फेसबुक प्रतिक्रियाहरु