काठमाडौं, २५ जेठ । दाङमा एक नाबालिगले बच्चा जन्माएर हत्या गरेको खुलाशा भएको छ ।राप्ति गाउँपालिका–३ मसुरीयामा अविवाहित १५ वर्षीया नाबालिगले प्रेमीकै सल्लाहमा शिशुको हत्या गरेको प्रहरीले जनाएको छ।
आफ्नो बच्चा हराएको भन्दै नाबालिग आफैले प्रहरीलाई खबर गरेकी थिइन् ।
प्रहरीका अनुसार शंका लागेर नाबालिगलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा बच्चा रोएपछि डराएको र प्रेमीकै सल्लाहमा हत्या गरेको स्वीकार गरेकी हुन् ।
फेसबुक प्रतिक्रियाहरु