होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रक्रिया पूरा गरेर विदेशमा अध्ययनका लागि जान गृह मन्त्रालयको आग्रह
समाचार

प्रक्रिया पूरा गरेर विदेशमा अध्ययनका लागि जान गृह मन्त्रालयको आग्रह

  • नागरिक रैबार
प्रक्रिया पूरा गरेर विदेशमा अध्ययनका लागि जान गृह मन्त्रालयको आग्रह

काठमाडौँ : गृह मन्त्रालयले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले सम्बन्धित देश र उक्त देशका शैक्षिक संस्थाले निर्धारण गरेको प्रक्रिया पूरा गरेर अध्ययनका लागि जान आग्रह गरेको छ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी वैदेशिक अध्ययनका लागि जाने विद्यार्थी ठगिएको एवं अलपत्र परेको भन्दै सम्बन्धित देशका शैक्षिक संस्थाले निर्धारण गरेको प्रक्रिया पूरा गरेर मात्र अध्ययनमा जान आग्रह गरेका हुन्।

गृह मन्त्रालयले इजाजतपत्र नलिई अनधिकृतरूपमा सञ्चालन भएका शैक्षिक परामर्शदाता संस्था, अनधिकृतरूपमा इजाजत नलिई अनलाइनरूपमा विज्ञापन गर्ने शैक्षिक संस्था, अवैधरूपमा विदेशस्थित विभिन्न देशका शैक्षिक संस्थाका प्रतिनिधिका रूपमा कार्य गर्ने व्यक्तिउपर सरकारले निगरानी बढाएको बताएको छ।

विज्ञापन

प्रवक्ता पोखरेलले गैरकानुनीरूपमा काम गरेका व्यक्ति एवं संस्थामाथि नेपालमा भए जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालय र विदेशमा भए नेपाली कूटनीतिक नियोगमा जानकारी, सूचना वा उजुरी दिन आग्रहसमेत गरेका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाज
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि